सुचना!सुचना!!सुचना!!! यो ब्लग निर्माणको चरणमा रहेको र छिट्टै नियमित प्रकाशनमा जाने कुरा जानकारीको लागी यो सुचना राखिएको छ । अहिले निश्चित पोस्टहरु मात्र प्रकाशित रुपमा प्राप्त गर्न सक्नुहुनेछ । धन्याबाद ।

कविता-



याद,म उस्को

हो अब,
बगाइदिए मैले
मनभित्रका पिर अनि व्यथा
पठाइदिए दुरदुर
पुग्छ होला धेरै टाढा,कहिल्यै न भेट्ने गरि
दिए मैले सम्बन्ध बिच्छेद को पत्र
सोचे स्वतन्त्र जीवन
बिर्साउन खोजे चोटहरु
बहलाए मेरा आँखा हरु यी निरन्तरको छाल सङ्गै
रमाएजसरी एकान्त एकान्तमा ।।


घरी यता,घरी उता गर्दै
जुगौ देखि उर्लिएको
भेल सङ्गै
जाउ भनिदिए मनका आर्तनादहरुलाइ
हरकदम मलाइ हिर्काइरहने
उनका निराकार यादहरुलाइनी पन्छो लगाए
लोलाए एकै छिन यी आँखा
गएको बाटो हेरि हेरि
अनि कहिले माथी उफ्रदै त कहिले तल बजारिदै
एक तमासले गइ रह्यो
खपेर लाखौ ठक्कर हरु
जसरी पहिले मलाइ दिएथ्यो
उसै गरि सहन बाध्य भयो आखिर अनि
मेरो अनुरोध सहर्ष स्विकार्दै हिड्यो आफ्नो बाटो
अवाक बनेर ।।

गरे निर्दिष्ट शहर न पस्नु भनेर
न लिनु जहर
अनि न गर्नु आत्महत्या,न जलाउनु आफैलाइ भनेर
स्विकार्यताको सङ्केत स्वरुप हल्लायो टाउको
मौन बसि बसि
एक थोपा आँसु तप्प चुहाइ दियो पत्र माथी
जहाँ मैले सम्बन्ध विच्छेदको हरफ लेखेथे,
अन्तिम बिदाइ गरेथे
हस्ताक्षरमाथी सोलुट गर्यो र
अजिव रुप लियो
समात्यो कुम्लो काम्लो
लगाइदिए न मेटिने गरि निधारमा टीका,
सिउरियो फुल
हल्लायो फुलबुट्टे जाले रुमाल अलिक गहल्साउदै,
र अन्तमा
दियो एक अनौठो नाम आफैलाइ
जसले यो सबै कुरा प्रस्तुत गरिरहेको छ
फोर्यो मुख,भन्यो नाम ' याद,म उस्को '।।


सरोज पाठक